मार्टिनेजलाई अनुबन्धन गर्ने बार्सिलोनाको योजना

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १४:२३

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना हाल अर्जेन्टिनाका स्टार खेलाडी मार्टिनेजलाई अनुबन्ध गर्ने योजनामा छ । बार्सिलोना हाल राम्रो अस्थामा भने छैन । स्टार खेलाडी लुइस स्वारेज र ओसमान डेम्बेलेविना लिग खेल खेलिरहेको बार्सिलोना हाल मार्टिन ब्राथवेतलाई अनुबन्धन गरेको हो ।

तर, पनि बार्सिलोनालाई हाल केही स्टार खेलाडीको खाँचो छ । लियोनल मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले पछिल्लो समय राम्रो नतिजा हात पार्न भने सकेको छ्रैन् । बार्सिलोना भर्खरै मात्र सम्पन्न एल क्लासिकोमा रियल मड्रिडसँग पराजित भएको हो ।

बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले हाल मार्टिनेजलाई क्लबमा ल्याउन कुरा चलाइरहेको बताइएको छ । यदि मार्सिनेज बार्सिलोनामा आएमा उनले ओसमान डेम्बेलेको स्थान परिपूर्ति गर्ने बताइएको छ ।

इन्टर मिलनका मार्टिनेजले यो सिजन सिरी एमा २१ खेल खेल्दै ११ गोल र एक असिस्ट गरेका छन् । च्याम्पियन्स लिगमा भने उनले ६ खेलमा ५ गोल गरेका छन् ।

Source:baahrakhari.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*