आहा रारा गोल्डकपको तयारी पूरा

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १४:२२

पोखरा । आयोजक सहारा क्लब पोखरा र ब्रिगेड ब्वाइजबीचको पहिलो खेलबाट अठारौँ संस्करणको आहा रारा गोल्डकप सुरुवात हुने भएको छ । गोल्डकपको सम्पूर्ण तयारी पनि भइसकेको आयोजकले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले सबै तयारी सकिएको जनाएको हो । सहारा क्लब पोखराको आयोजनामा यहि फागुन २२ देखी चैत १ सम्म सञ्चालन प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । यसपटकको प्रतियोगितामा पूर्वी छिमेकी भारतको गान्तोक सिटी क्लवको समेत सहभागिता हुने जनाइएको छ ।

उसो त यसवर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढेको छ । क्लवका महासचिव रामजीप्रसाद अधिकारीले विजेताले १० लाख एक हजार रुपैयाँ पाउने बताए । उपविजेताले ५ लाख एक हजार रुपैयाँ पाउनेछन् ।

पोखरा रगंशालामा हुने उक्त प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनका अुनसार डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मी सहित नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लब, ब्रिगेड ब्वाइज, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लब, झापा–११, गान्टोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब सहित १० टोलीले प्रतिस्पर्धामा उत्रनेछन् ।

प्रतियोगितामा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट एकजना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने क्लबका अध्यक्ष केशव बहादुर थापामगरले बताए ।

क्याराभान गोल्डकपबाट सुरु भई आहा १ रारासम्म आईपुगेको यस प्रतियोगिताबाट बचत रकम सहारा फुटबल एकेडेमीका लागि खर्च गरिनेछ । तेस्रो व्याचको एकेडेमीमा पछिल्लो समय १४ जिल्लाका २४ जना आश्रित रहेको आयोजकले जनाएको छ

 

Source: baahrakhari.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*