खेलाडीको प्रदर्शनप्रति दुईमत भए म मूर्ख ठहरिन्छु : क्लोप

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १४:२०

एजेन्सी । लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले आफ्नो खेलाडीहरूको प्रदर्शनप्रति दुईमत भए आफू मूर्ख ठहरिने बताएका छन् । पछिल्लो दुई खेलमा लिभरपुलले भोग्नु परेका पराजयपछि उनी र खेलाडीप्रति प्रश्न उठेकाले उनले जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रिमियर लिग फुटबलको ४४ खेलसम्म पराजित भएको लिभरपुल वाटफोर्डसँग पराजित भएको थियो । यो सिजन प्रिमियर लिगमा लिभरपुलको पहिलो हार हो । लिभरपुल अहिले उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा २२ अंकले अघि छ ।

“ममा खेलाडीप्रति कुनै किसमको दुई मत छैन् । यदि म खेलाडीहरूको प्रदर्शन प्रति दुईमत भए भने म त्यसमा मूर्ख ठहरिनेछु । केही कारण पराजित हुन पुग्यौं यसमा उनीहरूको कुनै पनि दोष छैन,” लिभरपुलको टिम मिटिङमा क्लोपले भने ।

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा पनि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको थियो । लिभरपुलले एफ ए कपअन्तर्गत आज (मंगलबार) राति चेल्सीसँग प्रतिस्पर्धा गर्दै छ ।

“यदि मैले त्यो मिटिङमा रिसाएको भए केही हुन सक्थ्यो । म खेलाडीसँग रिसाएन । केही कमजोरी भयो खेल हार्न पुग्यौं । म अब आउने खेलमा कस्तो प्रदर्शन गर्ने भन्ने कुरामा चासो राख्न चाहन्छु । अन्य कुरामा मलाई केही चासो छैन्,” क्लोपले भने ।

 

Source: baahrakhari.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*