खप्तड गोल्डकपको उपाधि छिनोफानो आज

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १४:१९

काठमाडौं । नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल खेल आज (मंगलबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्दैछन् ।

थ्रीस्टार लगातार दोस्रो पटक फाइनल पुगेको हो भने आयोजक सुदूरपश्चिम–११ पहिलो पटक फाइनल पुगेको हो । फाइनल खेलमा जित हात पार्दै उपाधि जित्ने दुवै टोलीको लक्ष्य छ । चौथो संस्करणसम्म आइपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन् ।

त्यसैले आज खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । दुबै टोली पहिलो उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छन् । मोफसलकै सर्वाधिक पुरस्कार रासि रहेको फुटबल प्रतियोगिताको फाइनल खेल रोमाञ्चक रहेने आयोजकको विश्वास छ ।

सुदूपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख १ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाइकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार प्रदान गरिनेछ ।

Source: baahrakhari.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*