नेपालको महिला क्रिकेट आईसीसी बरियतामा यथावत

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १४:१८

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला बरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो बरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो ।

नयाँ बरियतामा नेपालले २० खेलमा १२९ रेटिङ अङ्क प्राप्त गरेको छ । महिला बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ भने दोस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी  इंग्ल्यान्ड  तेस्रो, भारत चौँथो तथा वेस्टइन्डिज पाँचौं स्थानमा छ । नेपाली महिला टोलीले गत मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन ।

Source: baahrakhari.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*