करातेको प्रशिक्षण सुरु

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १४:१६

काठमाडौं । रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिएको छ ।

सागका पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी प्रशिक्षणमा सहभागी भएको ओलम्पिक सोलिडारिटीमा परेका कराते प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् ।

उनका अनुसार टोकियो ओलम्पिक– २०२० का लागि करातेको प्रशिक्षण पनि सुरु भएको छ ।

रुसको टोलीले नेपाल प्रहरी, पोखरालगायतका खेलाडी पनि प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ । प्रशिक्षणका दौरान नेपाल कराते महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेलगायतको उपस्थिति थियो ।

Source: baahrakhari.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*