रुघाखोकी लागे बुद्ध एअरको टिकट रद्द गर्न सकिने

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १३:४६

काठमाडौं । बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने व्यवस्था गरेको हो ।

कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा जारी गरेको सूचनामा भनेको छ, “कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी र ज्वरो आएका व्यक्ति वा आफन्तले पनि हवाईयात्रा नगरिदिनुहुन वा विमानस्थल नगइदिनुहुन आग्रह गर्दछौं ।”

सूचनामा टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*