नेकपा एमाले हेटौंडा–१६ कमिटीको आयोजनामा शुभकामना आदान प्रदान र चियापान

बकैया दर्पण संवाददाता
२ कार्तिक २०८०, बिहीबार १२:३७

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ वडा कमिटीको आयोजनामा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरिएको छ ।

नेपालीहरुको महान पर्व बिजया दशमी, शुभदिपावली, नेपाल सम्मत र छट पर्बको अबसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम गरिएको हो । यसै अवसरमा वडा पार्टी कमिटीको कार्यालय पनि उद्घाटन् गरिएको छ ।

मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा एमाले सचेतक महेश कुमार वर्तौलाले उद्घाटन् गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका नेताहरु कमल बहादुर बिष्ट, मदन कुमार दाहाल, सुनिल मुक्तान, हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*