सीआईबीले लियो कृष्णबहादुर महराको बयान

बकैया दर्पण संवाददाता
१७ आश्विन २०८०, बुधबार १४:२३

मकवानपुर । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान लिएको छ ।

ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको थियो । उक्त प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले महराको बयान लिइएको बताइएको छ ।

भेप प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेका बेला पूर्वसभामुख महरासँग सीआईबीले कागज गराएको हो ।

भेपको सुन छुटाउने क्रममा महरा र उनका छोरा राहुलले चिनियाँ तस्करसँग मात्रै २ सय ५६ पटक टेलिफोन सम्पर्क गरेका अनुसन्धानबाट खुलिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*