पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता

बकैया दर्पण संवाददाता
१४ आश्विन २०८०, आईतवार १४:५१

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार निगमले गरेको मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि मूल्यवृद्धि फिर्ता हुने भएको हो ।

शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ । मूल्य वृद्धि फिर्ता लिएसँगै इन्धनमा यसअघिको मूल्य कायम हुनेछ । दशैं तिहारको मुखमा इन्धनको भाउ बढाएपछि सरकारको आलोचना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*