एमसीसी कार्यान्वयनसँगै हेटौंडामा जग्गा अधिग्रहण अघि बढ्यो, चार पालिकामा प्रक्रिया शुरु 

बकैया दर्पण संवाददाता
१६ भाद्र २०८०, शनिबार १८:२३

मकवानपुर । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन सुरु भइसकेको छ। बुधवार अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ‘इन्ट्री इन्टु फोर्स’ (ईआइएफ) आदानप्रदान गरेपछि परियोजनाको कार्यान्वयन सुरु भएको हो।

सम्झौताअनुसार अबको ५ वर्षमा (२०८४ भदौ १३ भित्र) परियोजना सक्नुपर्ने हुन्छ। आयोजना कार्यान्वयनका लागि गठित एमसीए-नेपालअन्तर्गत विद्युत प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना संचालन हुनेछन्।

परियोजना कार्यान्वयनमा प्रवेश गर्दा मकवानपुरमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए नेपाल) अन्तर्गत निर्माण हुने चार सय केभी विद्युत प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। विद्युत प्रसारण लाइनको रातोमाटे हेटौंडा खण्ड अन्तर्गत सबस्टेसन निर्माण तथा माता नगरपालिका, कैलाश गाँउपालिका, राक्सिराङ गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा पर्ने टावरहरुको जग निर्माण गर्नका लागि जग्गा अधिग्रहणको तयारी सुरु भएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा प्राप्तिका लागि प्रारम्भिक कारबाहीको प्रतिवेदनले आयोजना प्रभावितको घरधुरी सर्वेक्षण सुरु गर्न व्यवस्था मिलाउने निणर्य यसअघि नै गरिसकेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले परियोनाम निर्माण चरणमा प्रवेश गरिसकेको भन्दै जग्गा अधिग्रहणका लागि भदौ १२ गते २१ दिने सूचना जारी गरेको छ। सूचना जारी भएको मितिदेखि नै अधिराण गरिने जग्गा रोक्का रहने हुँदा सो क्षेत्रमा कुनै पनि संरचना निर्माण नगर्न भनेको छ।

आयोजनाको डबल सर्किट ४०० केभी विद्युत प्रसारण लाइनका लागि ५१ नम्बर एन इ ५१ र १ एन सहित ८० वटा टावर रातमाटे हेटौंडा खण्डअन्तर्गत मकवानपुरमा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ। हेटौंडा उपमहानगरपालिका-३ मा निर्माण गरिने सबै विद्युत टावर सरकारी जग्गामा पर्ने छन्।

साथै, टावर जगमा पर्ने छुट जग्गाका कित्ताको यकिन भइसकेपछि मुआब्जा तथा क्षतिपूर्तिका लागि सूचना प्रकाशित गर्ने जनाइएको छ।

रातामाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सवस्टेसन खण्डमा पर्ने जग्गामा रहेको घर, गोठ, टहरा, कटेरा तथा ‘ख’मा अधिग्रहण गरी स्थायी रुपमा जग्गा प्राप्तिको सरकार प्रक्रिया सुरु गरिएको जनाइएको छ। अधिग्रहण गर्ने जग्गा गोठ टहरा, कटेरा आदिको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण गर्ने प्रयोजनका लागि मूल्यांकन गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक उपसमिति समेत गठन गर्ने निणर्य भएको छ।  जग्गाको मूल्यांकनका लागि आधार बनाएर प्रस्ताव पेस गर्न उपसमितिलाई निर्देशन दिइएको छ।

अर्थ मन्त्री मन्त्रालयले जग्गा प्राप्ति गर्ने कार्यका लागि एमसीए नेपालका वातावरण तथा सामाजिक विज्ञ हरिकृष्ण उप्रेतीलाई मकवानपुरका लागि प्रारम्भिक कारवाही चालउन अधिकृत तोकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*