झरनाले ग¥यो एकैदिन २ बिद्यालयमा काव्य प्रशिक्षण

बकैया दर्पण संवाददाता
३२ श्रावण २०८०, बिहीबार ११:१०

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले एकै दिन दुई बिद्यालयहरूमा पुगेर काव्य प्रशिक्षण गरेको छ । बुधबार बकैया गाउँपालिकामा रहेको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो ।

झसाप मकवानपुरले २९१ औँ साहित्य शृङ्खलाअन्तर्गत बुद्ध मावि हात्तिसुडेँमा उच्च माध्यमिक तहका बिध्यार्थीहरुलाई काव्य प्रशिक्षण गरेको हो ।

कार्यक्रममा बुद्ध माविमा उच्च माध्यमिक तहमा अध्ययनरत करिव ८० जना बिध्यार्थीहरुलाई कविता,गीत र गजल लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियो ।

बुद्ध माविमा भएको कार्यक्रममा बुद्ध माविका प्रअ प्रेम बोम्जन, सप्रअ योगबहादुर राई तथा शिक्षक सुरेस रेग्मीलगायतको आतिथ्यता रहेको थियो ।

यस्तै, बुधबार नै झसाप मकवानपुरको २९२ औँ साहित्य शृङ्खलाअन्तर्गत जनता मावि बागमतीमा काव्य प्रशिक्षण गरेको छ । माध्यमिक तहका बिध्यार्थीहरुलाई काव्य प्रशिक्षण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्नु हुदै झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीले आफुसँग भएको क्षमतालाई प्रष्फुटन गर्नका लागि यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताउनुभयो । उहाँले आफुभित्र भएको प्रतिभालाई सबैले समयमै चिन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बिशेष अतिथि यादवराज बरालले झरनाले गाउँमा पुगेर यस्ता कार्यक्रम गर्दा बिध्यार्थीलाई सिर्जनशील हुन सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जनता माविमा माध्यमिक तहमा अध्ययनरत करिव ६० जना बिध्यार्थीहरुलाइ कविता, गीत र गजल लेखन सम्बन्धि प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा बुद्ध माविका प्रअ प्रेम बोम्जन, जनता माविका सहायक प्रअ दिनेश माझी, समाजसेवी बिष्णु घिमिरे, शिबराम ढकाल र तथा शिक्षकहरुलगायतको आतिथ्यता रहेको थियो ।

झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव मसान उपासकले काव्य प्रशिक्षण दिनुभएको थियो भने कार्यसमिति सदस्य  प्रेम बोम्जनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

“सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” अन्तर्गत सो काव्य प्रशिक्षण  गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो । अबको पुस्ता सिर्जनशील रहे मात्रै समाज उन्नत बाटोमा जाने भएकोले यो अभियान चलाएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*