सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

बकैया दर्पण संवाददाता
२८ श्रावण २०८०, आईतवार १२:०९

मकवानपुर । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् ।

ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

व्यावसायीहरुले विभागमा भने ताला लगाइदिएका छन् । ताला लगाएर धर्नामा बसेका व्यवसायीहरूलाई नियन्त्रणमा लिनुका साथै त्यहाँ भेला भएका निर्माण व्यावसाय सम्वद्ध व्यक्तिहरुलाई हटाइएको थियो ।

आफूहरुले गरेको कामको भुक्तानी दिन माग गर्दै निर्माण व्यावसायीहरुले आन्दोलन गर्दै आएका छन् । महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*