प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी सार्वजनिक

बकैया दर्पण संवाददाता
२५ श्रावण २०८०, बिहीबार १०:३०

मकवानपुर । गायक, सर्जक तथा मोडेल प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी बुधवार सार्वजनिक भएको छ । सामाजिक मुद्धाहरुलाई गीतका माध्यमवाट जनमानसलाई सुसचित गर्दै आईरहेका गायक शाहीले यस गीतमा पनि मुख्यगरी भ्रस्टाचार र व्यथितिका कुराहरुलाई तीज गीतमार्फत उठान गरेका छन्।

उक्त गीतको लय तथा शब्द प्रकाश शाही, स्वर मान्डवी त्रिपाठी र प्रकाश शाही, अभिनय प्रकाश शाही र ज्योती काफ्ले निर्देशन निर्मल प्याकुरेल, कोरियोग्राफी अशोक बस्नेत, छायांकन अर्जुन सापकोटा, एरेन्ज विपिन आचार्य रहेको छ भने अन्य कलाकारहरु गणेश भक्त गौतम, गणेश वस्नेत ,कुमार कार्की, देवकी तिमिल्सिना, प्रकाश खत्री, गोपाल पाण्डे, प्रविन शाही, पुर्ण भण्डारी राम रावतलगायतको यो गीतमा अभिनय रहेको छ ।

सर्जक शाहीका अनुसार पशुपतिको जलहरी बनाउॅदा सुन घोटाला भयको विषयवाट गितको सृजना गरी समग्र भ्रस्टाचाका कुराहरुलाई उठान गरेको र छायांकन पनि गीतको भाव अनुसार निकै मेहेनत गरेर निर्माण गरीएको हुनाले गीतले जनमानसको मन जित्ने वताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*