१२ करोड लागतमा मकवानपुर सहितका तीन जिल्लामा एकिकृत वस्ति निर्माण गरिदै

बकैया दर्पण संवाददाता
१० श्रावण २०८०, बुधबार ११:४५

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा मकवानपुर सहितका तीन जिल्लामा एकिकृत वस्ति तथा आवास निर्माण गर्ने भएको छ । मन्त्रालयलय मकवानपुर, चितवन र धादिङ जिल्लाका चेपाङ, बोटे, माझि, बनकरियाका लागि एकिकृत वस्ति तथा आवास कार्यक्रमका लागि भनेर चालु आर्थिक वर्षमा १२ करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।

जसको घर छैन वा भएर पनि अत्यन्त जिर्ण अवस्थामा घर रहेको छ । उनीहरुलाई लक्षित गरेर आवास निर्माण गर्ने लक्ष मन्त्रालयले लिएको छ । तीन जिल्लाका विकट गाउँमा बस्दै आएका पछाडी पारिएका समुदायहरुलाई लक्षित गरेर मन्त्रालयले आवास निर्माण गर्न १२ करोड रुपैयाँ बजेटमै छुट्याएको छ ।

यसैगरी धादिङ जिल्लाको रुबिभ्यालि गाउँपालिका लगायतका पछाडी परेका स्थानीय तहहरुको एकिकृत विकासका लागि पनि चालु आर्थिक वर्षमा मन्त्रालयले बिकासका काममा जोड दिन लागेको मन्त्री दुलालले बताउनुभयो । पछाडी परेका स्थानीय तहमा सडक, पुल, झोलुङ्गे पुल निर्माण लगायतका कामका लागि भनेर चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ छुट्याइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*