एकै वर्ष ५६ अर्बको खाद्यान्न आयात

तरकारी र फलफूल किन्दा बाहिरियो झन्डै ५३ अर्ब रुपैयाँ
बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार १५:०१

मकवानपुर । गएको आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७९र८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको छ । धान, चामल, गहुँ, कोदो, मकै, गेडागुडीलगायतका वस्तु खाद्यान्नको सूचीमा पर्दछन् । नेपालले एकै वर्ष झन्डै ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात गरेको छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ ।

गएको वर्षमा दुई अर्ब रुपैयाँभन्दा धेरैको माछा मासु भित्रिएको छ । यस्तै दुई अर्ब ५५ करोड रुपैयाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी र २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको छ । यस्तै झन्डै नौ अर्ब रुपैयाँको चिया कफी, झन्डै ८७ अर्ब रुपैयाँको घिउ तेल र पाँच अर्ब रुपैयाँको चिनी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालले हरेक वर्ष कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन भन्दै अर्बौँ रुपैयाँ अनुदान दिँदै आए पनि नेपालले हरियो तरकारीदेखि खाद्यान्न, घिउ तेल, चिया कफीलगायतका वस्तु आयात गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*