नेप्से २२२७ विन्दुमा पुग्यो, मौद्रिक नीति सार्वजनिकसँगै शेयर बजारमा उछाल

बकैया दर्पण संवाददाता
७ श्रावण २०८०, आईतवार १५:४५

मकवानपुर । मौद्रिक नीतिको सार्वजनिकसँगै साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । यो हरियालीले मौद्रिक नीतिलाई उत्साहका साथ स्वागत गरेको संकेत देखिएको विश्लेषण भएको छ ।

आइतबार नेप्से परिसूचक ६३.२४ अंकले उछाल हान्दै २२२७.१६ बिन्दुमा कायम भएको छ । बजारमा १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३१ रूपैयाँको कारोबार भएको छ । यसदिन बजारमा लगानिकर्ताको उत्सुक्ता बढेको देखिन्छ । आजको बजार १ बजेर ३० मिनेटदेखि बढ्न सुरू गरेको थियो । जहाँ १५ मिनेटमै नेप्सेले ५४ अंकको उछाल हानेको थियो ।

त्यस्तै, उच्च अंकको उछालसँगै किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्स कम्पनीको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । भने, एनआईबीएल ग्रोथ फण्डको सेयर नकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । त्यसैगरी उपसमूतर्फका १३ वटै समूहको सेयरमूल्य बढेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*