मातृभूमिले दियो एकसाथ ६ जनालाई सम्मान र पुरस्कार

बकैया दर्पण संवाददाता
६ श्रावण २०८०, शनिबार १३:३७

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले शुक्रबार हेटौँडामा एक साथ ६ जनालाई सम्मान गरेको छ । मातृभूमिले साहित्य र शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका ६ जनालाई सम्मान गरेको हो ।

साहित्यकार आरआर चौलागाईलाई श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७९ प्रदान गरिएको छ । साहित्यकार चौलागाईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७९’ काठमाडौंका साहित्यकार शैलेन्दु प्रकाश नेपाललाई समर्पण गरिएको छ । होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार–२०७९ चितवनका वरिष्ठ साहित्यकार लकाश पौडेललाई, ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–२०७९’ मकवानपुरका रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरिएको छ । यसैगरी ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–।२०७९’ मकवानपुरका मालती उप्रेतीलाई प्रदान गरिएको छ । नेपाल, पौडेल, फुर्सती र उप्रेतीलाई नगद १५–१५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो ।

यस्तै ‘झलकबहादुर बानियाँ जीवन संघर्ष–मातृभूमि सम्मान–२०७९’ बाट हेटौँडा–१८, हर्नामाडीमा रहेको कमला आधारभूत विद्यालयका एक विद्यार्थीलाई नगद ७ हजार ५ सय रुपैयाँ राशिसहित सम्मान गरिएको छ । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्ष तथा प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टाराईले साहित्यलाई समाजको संस्कृति भएको बताउनुभएको छ ।
कार्यक्रममा किसन पौडेल, देवराज तिवारी, मसान उपासक, पुरुषोत्तम आचार्य, जर्नादन खनाललगायतले रचना वाचन समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*