ललिता निवास जग्गा प्रकरण : पाँच जना पूर्व सचिवविरुद्ध पक्राउ पूर्जी जारी

बकैया दर्पण संवाददाता
२२ असार २०८०, शुक्रबार १०:२५

मकवानपुर । ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ पूर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरु पक्राउ भने परेका छैनन् ।

सो प्रकरणमा तत्कालिन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएका तत्कालिन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।

पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले थप ब्यक्तिहरुविरुद्ध पक्राउ पूर्जी गराउने तयारी गरेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*