बागमती प्रदेशको बजेट बहुमतले पारित

बकैया दर्पण संवाददाता
२२ असार २०८०, शुक्रबार १०:२३

मकवानपुर । बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले बजेट बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यहरुको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको छ ।

बजेटमा नेकपा एमाले, राप्रपा र नेकपाका ४३ सांसदहरु विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसदहरु बजेटको पक्षमा रहेका थिए ।

प्रदेश सरकारले गत असार १ गते ६२ अर्ब ७० करोड ९० लाखको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभामा गत असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु भए पनि प्रतिपक्षको अबरुद्धका कारण १७ गतेबाटमात्रै छलफल सुरु भएको थियो ।

बजेटमाथिको छलफलमा ५४ जना प्रदेशसभाका सासंदले भाग लिएका थिए, भने ९ जना सासंदहरुले बजेटमाथि संसोधन प्रस्ताव दर्ता गराएका थिए । बजेटमाथि उठेका सबै प्रश्नको विषयगत मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*