नौं दिने रोबोटिक्स कार्यशाला हेटौंडामा

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १२:१७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ९ दिने राबोटिक्स र अटोमेसनसम्बन्धी प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सुरु गरिएको छ ।
एस्ट्रोनोभा फाउण्डेसन नेपालले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी सोमबारबाट उक्त प्रशिक्षक कार्यशालाको सुरु गरेको हो ।

असार २६ गतेसम्म संचालन हुने कार्यशालामा हेटौंडाका विभिन्न १८ वटा विद्यालय तथा क्याम्पसका गरी ४ दर्जन भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ ।

कार्यशालामा अनुज अधिकारी, आयुष बस्नेत, सन्देश तामाङ, रविन परियार लगायतले प्रशिक्षकको भूमिका निर्वाह गर्ने उक्त फाउण्डेशनका महासचिव चिरञ्जीवी लामिछाने जानकारी दिए ।

उनका अनुसार, हेटौंडा–४, भैरवरोडस्थित साहित्य संगम मकवानपुरको सभाहलमा ९ दिनसम्म हरेक दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म हुनेछ । मंगलबारदेखि कार्यशालामा भने छानिएका २१ जना विद्यार्थीलाई सहभागी गराइनेछ ।

यस फाउण्डेसनमा आबद्ध विद्यार्थीद्वारा तयार गरिएको मोबाइल एपमार्फत दियो बालेर सोमबार भएको उद्घाटन सत्रमा ब्रेनीक्युब रिसर्च अर्गनाइजेसन नेपालका कार्यकारी अध्यक्ष तथा नेपालका प्रख्यात युवा वैज्ञानिक आकाश देवको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विज्ञान शिक्षक एसोसिएसन नेपाल मकवानपुरका जिल्ला उपाध्यक्ष भरत पोखरेल तथा विभिन्न विद्यालयहरूका शिक्षक प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रकृति अर्यालले गरेका थिए भने एस्ट्रोनोभा फाउण्डेसन नेपालका अध्यक्ष किशन बास्तोलाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*