बकैया गाउँपालिकाको नीति तथा कार्यक्रम :एक वडा–एक हाट बजार (पूर्णपाठ सहित)

बकैया दर्पण संवाददाता
११ असार २०८०, सोमबार ११:०७

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आज आयोजित ९ ओैं गाउँसभामा बकैया पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष खत्रीले मदिरा निषेधको कार्यक्रम, पालिकामा विकासका कामलाई प्रभावकारी वनाउन टोल विकास संस्था गठन गरिने, काठको पोल हटाउने अभियान संचालन गरिने लगायतका योजना अगाडि सारेका छन् ।
उनले ऐलानी जग्गाको नापीनक्साको कार्य भइरहेको जानकार िदिनुहुदै यो आगामी आर्थिक बर्षभित्र सो जग्गाको राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी लालपुर्जा दिने कार्य अगाडि बनाउने उल्लेख गरेका छन् । साथै झरना–बकैया बाङ्मय प्रतिष्ठानको गठन प्रक्रियालाई अगाडि बढाउदै सोको भौतिक संरचना अगाडि बढाउनुका साथै माझी सङ्ग्रालय निर्माण गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा कृषिलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ एक वडा–एक हाट बजारको नीति सार्वजनिक गरिएको छ ।

बकैया-गाउँपालिकाको-नीति-तथा-कार्यक्रम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*