गैडाको आक्रमणबाट मकवानपुरमा एक जना घाइते

बकैया दर्पण संवाददाता
३१ बैशाख २०८०, आईतवार १०:५९

मकवानपुर । मकवानपुरमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ जोगितालमा गैडाको आक्रमणबाट स्थानीय एक जना घाइते भएका हुन् । राप्ति नदिको बगर कासघारिमा बस्ने ५० वर्षिय भुपाल थिङलाई गैडाको आक्रमण गर्दा घाइते हुनु भएको हो ।

घर नजिकै जंगलमा गाई बस्तु चराउन गएकोमा अचानक जङगलि गैडाले आक्रमण गर्दा दाईने हातमा चोट लागि घाईते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको उपचारको लागि भरतपुर तर्फ पठाएको र गैडा पर्सा निकुंज तर्फ गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*