हेटाैडामा सञ्जेलकाे उपन्यास “समय रेखामा आमाेई” माथि विमर्श

बकैया दर्पण संवाददाता
३० बैशाख २०८०, शनिबार १७:२०

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले शनिबार हेटौंडामा गाेपाल सञ्जेलकाे उपन्यास “समय रेखामा आमाेई ” उपान्यासमाथि विमर्श गरेको छ । झरनाले आफ्नाे २८९ औँ साहित्य शृङ्खलाअन्तर्गत  विमर्स कार्यक्रम साहित्य  सङ्गम मकवानपुरको सभाहलमा गरेकोमा हाे ।

कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्री प्रसाद सञ्जेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । उहाँले लामो राजनीतिक र सामाजिक जिवनबाट खारिएका लेखकले काँठ क्षेत्रका बिषय वस्तु चयन गरेकोमा बधाई दिनुभएको हाे ।

विमर्श कार्यक्रममा बक्ताका रुपमा रहनुभएका घनश्याम घिमिरेले काँठ क्षेत्र, त्यसमा प्रयोग हुदै आएका भाषा, त्यस क्षेत्रकाे रहनसहन र संकृतिकाे बिषयमा लेखकले राम्रोसँग उल्लेख गरेको आफुले पाएकाे बताउदै काँठ क्षेत्रका बिषयमा धेरै लेखिनु पर्नेमा त्यसाे हुन नसकेको बताउनुभयाे ।

विमर्श कार्यक्रमका अर्का बक्ता रमेशमाेहन अधिकारीले पहाडी जनजिवनका बिषयमा पुस्तकले धेरै बाेलेकाे बताउदै अझै शसक्त ढंगबाट यस्ता बिषय उठान गर्न अब लेखकहरुले स्थलगत रुपमा पनि काँठ क्षेत्रमा गएर थप लेख्न सुझाव दिनुभयो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक जनार्दन खनाल, नेपाली भाषा शिक्षक समिति मकवानपुर अध्यक्ष केशव सञ्जेल, साहित्य सङ्गम मकवानपुर अध्यक्ष अनिता न्याैपाने, नेपाली लेखक सङ्घ अध्यक्ष छवि अनित्य,आधुनिक नेपाली गजल अभियान संयाेजक यमन देव उत्प्रेरक, मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबि बर्ताैला, गजलकार देवराज तिवारी, समाजसेवी मुक्तिगाेविन्द बैध, कृष्ण प्रसाद सञ्जेल, समाजेसेवी राजु सञ्जेललगायतकाे उपस्थिति रहेकाे थियाे ।

संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलकाे सभाध्यक्षतामा भएको कार्यक्रममा गायत्री रुपाखेतिले स्वागत मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रमको सहजीकरण संसथाका सचिव मसान उपासकले गर्नुभएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*