मकवानपुरमा सबैभन्दा कम बेरुजु राख्नेमा बकैया

बकैया दर्पण संवाददाता
३ बैशाख २०८०, आईतवार ०९:४०

मकवानपुर । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकामा रहेको छ । बकैया गाउँपालिकामा ०.७ प्रतिशत मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

मकवानपुरमा सबैभन्दा धेरै बेरुजु भएको स्थानीय तहमा थाहा नगरपालिका परेको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार थाहामा ६.५३ प्रतिशत वेरुजु रहेको छ । यस अघिका दुई आर्थिक बर्षमा सबैभन्दा कम बेरुजु हुँदै देशभरमा उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत भएको थाहाको अवस्था नयाँ जनप्रतिनिधि आएसँगै दयनिय भएको हो ।

जिल्लाको सबैभन्दा धेरै बेरुजु भएको गाउँपालिकाको दोश्रो स्थानमा बागमती गाउँपालिका रहेको छ । बागमतीको ३.८४ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, तेश्रो स्थानमा राक्सीराङ गाउँपालिका रहेको छ । राक्सीराङको ३.७८ प्रतिशत बेरुजु रहेको छ । त्यस्तै चौथो स्थानमा रहेको भिमफेदीको ३.२६ प्रतिशत, पाँचौ स्थानमा रहेको कैलाशको ३.१३ प्रतिशत, छैठौँ स्थानमा रहेको मकवानपुरगढी गाउँपालिकाको २.३७ प्रतिशत, सातौँ स्थानमा रहेको मनहरीको २.११ प्रतिशत, आठौँ स्थानमा रहेको इन्द्रसरोवर गाउँपालिकाको १.९५ प्रतिशत र नवौँ स्थानमा रहेको हेटौंडा उपमहानगरपालिकाको ०.७७ प्रतिशत बेरुजू कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*