आज विश्व कविता दिवस मनाइँदै

बकैया दर्पण संवाददाता
७ चैत्र २०७९, मंगलवार ०९:१९

मकवानपुर ।  आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत साहित्यसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि निकै महत्त्वपूर्ण रहेको युनेस्कोले जनाएको छ । कविता जुन भाषामा लेखिएको भए पनि यसले मानवीय संवेदना, साझा प्रश्न, साझा भावनालाई समेट्ने बुझाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*