बागमती प्रदेश मन्त्रीपरिषद् बैठकको तीन निर्णय

प्रशासकीय भवनहरुको निर्माण गर्न वातावरणको मुल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने
बकैया दर्पण संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १२:२९

मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षमा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

बैठकले मकवानपुरको तत्कालिन हटिया गाबिस वडा नम्वर २ मा रहेको १९६ कित्तामध्येको ५४ बिगाहा जग्गा प्रदेश सरकारले हालै प्रदेश सरकारलाई उपलब्ध गराए अनुसार, सो जग्गामा प्रशासकीय भवनहरुको निर्माण गर्न वातावरणको मुल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रदेशको विभिन्न जिल्लामा स्वास्थ्यको पूर्वाधार निर्माणको क्रममा भुक्तानी गर्न बाँकी रहेको रु ८ करोड ३९ लाख ३६ हजार रकम भुक्तानी दिने सर्वसम्मतीबाट निर्णय गरेको प्रवक्ता थपलियाले बताए ।

साथै उक्त बैठकले बागमती प्रदेशका मुख्य न्यायीधिवक्ता ज्ञानेन्द्र नेपाललाई भारतमा कानूनको उच्च अनुसन्धान एवम् परामर्श सम्बन्धित प्रशिक्षणमा भाग लिन प्रदेश सरकारको तर्फबाट १० दिने भ्रमणको लागि स्वीकृती प्रदान गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*