एभिनियर एफसीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा, उपाधीका लागि मनाङसँग भिड्ने

बकैया दर्पण संवाददाता
९ फाल्गुन २०७९, मंगलवार ०९:४५

मकवानपुर । हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको दोस्रो सेमीफाइनलमा क्यामरुनको एभिनियर एफसीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ । हेटांैडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले एभिनियरलाई १–० गोलअन्तरले हराएको हो ।

हिमालयनको जितमा सुनिल श्रेष्ठले खेलको दोस्रो हाफको नवौं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच श्रेष्ठ घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । हिमालयनले अब उपाधीका लागि बुधबार मनाङ मस्याङ्दी क्लबसँग खेल्नेछ । आइतबार भएको पहिलो सेमीफाइनल खेलमा एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ । बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*