बकैया कला-साहित्य महाेत्सव जारी, भाेलि पनि चल्ने

बकैया दर्पण संवाददाता
८ फाल्गुन २०७९, सोमबार २०:२७

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको ३० औँ वार्षिकाेत्सवका तथा २८७ औँ साहित्य शृखलाका अवसरमा दुइदिने बकैया कला-साहित्य महाेत्सव आज सुरु भएको छ ।

पहिलाे दिन अन्तर्गतको कार्यक्रम बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ । आफ्नो मन्तव्यका क्रममा बोल्दै उहाँले बकैयामा कला, साहित्य र संस्कृतिको क्षेत्रमा पालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बकैयालाई कला-साहित्यकाे क्षेत्रमा अझै अगाडि बढाउन झरनाकाे भूमिकाको प्रशंसा गर्नुभयाे ।

आजको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष गायत्री रूपाखेतीकाे सभाध्यक्षता तथा सचिव मसान उपासकले सहजीकरण गर्नुभएको थियो । दाेसाे सत्रमा भएको चित्रकला प्रतियाेगिताकाे अभिभावकत्व जनक माविका प्रधानाध्यापक माधव बानियाँले गर्नुभएको थियाे भने सहजीकरण झरनाका काेषाध्यक्ष कृष्ण घतानीले गर्नुभएको थियाे । चित्रकला प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका ६२ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । चित्रकला प्रतियाेगिताकाे निर्णायकमा सूर्य सन्यासी रहनुभएकाे थियाे ।

आजकै अर्को सत्रमा विद्यालय स्तरीय कविता प्रतियाेगिता सम्पन्न भएको छ ‌। यस सत्रको सहजीकरण संस्थाकी सदस्य अमृता लामिछानेले गर्नुभएको थियाे भने अभिभावकत्व बकैया ७ का अध्यक्ष मान बहादुर सिंतानले गर्नुभएको थियाे । कविता प्रतियोगितामा बकैयाका विभिन्न सात विद्यालयका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कविता प्रतियोगितामा निर्णायककाे रूपमा जनक माविका शिक्षक धर्म प्रसाद दाहाल र प्रभात माविका शिक्षक कुमार स्याङ्बो रहनुभएको थियो ।

आज सम्पन्न भएका विभिन्न सत्रहरूमा बकैया-३ का वडाअध्यक्ष भुमलसिंह घलान, झरनाकाा संरक्षक उद्धव प्रसाद सापकाेटा, भरत प्रसाद सापकाेटा, जनक माविमा बिव्यस अध्यक्ष सुन्दर थिङ लामा, बुद्ध मावि हात्तीसुँडेका शिक्षक हरि प्रसाद घिमिरेलगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम भाेलि पनि निरन्तर चल्ने र दाेस्राे दिनका विभिन्न सत्रहरूमा स्रस्टा सम्मान, जिल्लाभित्र र जिल्लाबाहिर युवा पुस्ता तथा अग्रज साहित्यकारहरुकाे कविता, मुक्तक र गजल प्रस्तुति, बहस, स्थानीय सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, विमोचन कार्यक्रम आदि रहने रहने संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*