प्रदेश स्तरीय कराते प्रतियोगिता हेटौंडामा हुने

बकैया दर्पण संवाददाता
६ फाल्गुन २०७९, शनिबार ११:१९

मकवानपुर । हेटौंडामा ‘बागमती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू) र हेटौंडा उपमहानगरपालिका–१८ को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगितामा हेटौंडा–१८ को ठूलोदमारस्थित मकवानपुर बाल विद्या सदनमा फागुन ६ गतेबाट सुरु हुने संघका सदस्य एवम् कार्यक्रम संयोजक सुर्दसन खतिवडाले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ३५ केजी, ५० केजी र ५५–६० मुनी तौल समूहमा र महिलातर्फ ४५ केजी र ५५ केजी मुनी तौल समूहमा प्रतिस्पर्धा हुने खतिवडाले बताए ।

प्रतियोगितामा प्रदेश भरिका करिब १ सय ५० खेलाडीको सहभागिता रहने छन् । प्रतियोगितामा स्वर्ण जित्नेले नगद १० हजार, रजत जित्नेले नगद ५ हजार र कास्य पदक जित्नेले नगद २ हजार ५ सयसहित प्रमाण प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*