राष्ट्रपति रनिशिल्डको उपाधी आयोजक सूर्योदय माविलाई

बकैया दर्पण संवाददाता
४ फाल्गुन २०७९, बिहीबार १०:०१

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिशिल्डको उपाधी आयोजक सूर्योदय माविले जितेको छ । बुधबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण र ८ रजतसहित सूर्योदयले उपाधी जितेको विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीले जानकारी दिनुभयो ।

मंगलबार र बुधबार दुई दिन आयोजना गरिएको प्रतियोगितामा प्रजा आधारभुत विद्यालय ३ स्वर्ण र ५ कास्यसहित दोस्रो भएको छ । ३ स्वर्ण र ३ रजतसहित कालिका मावि तृतीय भएको छ । प्रतियोगितामा पालिकाभित्रका ५ विद्यालयको सहभागिता रहेको थियो । सूर्योदय मावि व्यवस्थापन समितिका अध्यक्ष ओमकार घलानको सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*