हिमालयन शेर्पा बागमतीलाई हराउँदै क्वाटरफाइनलमा

बकैया दर्पण संवाददाता
३ फाल्गुन २०७९, बुधबार ०९:४१

मकवानपुर । पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हिमालयण शेर्पा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोलअन्तरले हराउँदै हिमालयन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

हिमालयनले अब क्वाटरफाइनलमा फ्रेण्ड्स क्लबसँग खेल्नेछ । प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*