गोल्डकप फुटबल प्रतियोगिताको खेलमा आयोजक मकवानपुर-११ विजयी

बकैया दर्पण संवाददाता
२८ माघ २०७९, शनिबार २०:३३

मकवानपुर । पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको मकवानपुर ११ विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा नवजनजागृति युवा क्लब सिमरालाई २–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

मकवानपुरको जितमा प्रितम स्याङ्बोले १२ र फागुराम चौधरीले ३९ औं मिनेटमा गोल गरेका थिए । खेलमा मकवानपुरका विदेशी खेलाडी एल्यु घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । खेलको फाइनल फागुन १० गते हुनेछ । विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*