हेटौँडामा फागुन ६ गते एकल गायन प्रतियोगिता हुने

बकैया दर्पण संवाददाता
२७ माघ २०७९, शुक्रबार १२:१५

मकवानपुर । ज्ञानोदय वालवाटिका आवासिय माध्यमिक विद्यालयको आयोजनामा एकल गायन प्रतियोगिता हुने भएको छ ।

ज्ञानोदय वालवाटिका आवासिय माध्यमिक विद्यालयको आयोजनामा जिल्ला भरका सबै सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिध्यार्थीहरुले प्रतिष्पर्धा गर्न पाउने गरी एकल गायन प्रतियोगिता हुन लागेको हो ।
नेपालीपन झल्कने सन्देशमुलक गीतमा म्युजिक ट्रयाक वा बाद्यवादन बजाएर गाउन सकिने बिद्यालयले निकालेको सुचनामा उल्लेख छ ।

फागुन २ गते भित्र प्रत्येक बिद्यालयले आफ्ना १ बिध्यार्थी सहभागी गराउन सक्ने र दर्ता शुल्क रु १ हजार लाग्ने कार्यक्रम संयोजक आल्देन लिङ्देनले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ७ हजार नगद र प्रमाणपत्र, द्धितिय हुनेलाई रु ५ हजार नगद र प्रमाणपत्र तथा तृतीय हुनेलाई रु ३ हजार नगद र प्रमाणपत्र पूदान गरिने ज्ञानोदय वालवाटिका आवासीय माविले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*