चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा वडा नम्वर ६ र ७ विजयी

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार २२:२७

मकवानपुर । मकवानपुर बकैया गाउँपालिकाको भिरकोट खेल मैदानमा भएको चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा वडा नम्वर ६ र ७ विजय भएका छन् ।
आज भएको पहिलो क्वाटर फाइनल खेलमा वडा नम्वर ६ ले वडा नम्वर २ लाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

वडा नम्वर ६ को तर्फबाट जर्सी नम्वर १६ का श्याम भोलनले शुरुवाती १ गोल गरेका थिए । भने त्यसको लगत्तै जर्सी नम्वर १२ का अरुण भोम्जन र जर्सी नम्वर २० का विवेक बज्युले १/१ गोल गरेका थिए । २ नम्वर वडाको तर्फबाट भने जर्सी नम्वर १६ का शेखर लोप्चनले सान्त्वना गोल गरेका थिए । आज भएको पहिलो खेलमा म्यान अफ दी म्याच वडा नम्वर २ का दीपेश जिम्बा भएका छन्।

त्यस्तै आजै भएको दोस्रो क्वाटर फाइनल खेलमा वडा नम्बर ७ ले वडा नम्बर ९ लाई १-० गोल अन्तरले पराजित गरेका छ । वडा नम्वर ७ को तर्फबाट जर्सी नम्वर २० का समिर राईले गोल गरेका हुन् । आज भएको दोस्रो खेलमा म्यान अफ दी म्याच समिर राई भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*