माघ २७ गते मकवानपुरगढीमा ल्होसार विशेष साँस्कृतिक कार्यक्रम हुने

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १९:२५

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा तामाङ भाषा, लिपि र साँस्कृतिकको संरक्षण गर्न र मञ्जु श्री संवत २८५९ ह्योइ ल्हो बिरालो बर्गको अवसरमा यही माघ २७ गते ल्होसार विशेष कार्यक्रम हुने भएको हो ।

गढी गाउँपालिका भरिका समुदायले पालिका स्तारको बृहत ल्होसार साँस्कृतिक कार्यक्रम गर्न लागि कार्यक्रम मुल समरोह समितिले जनाएको छ । उक्त कार्यक्रम संचालन गर्न मुल समारोह समिति गठन गरिएको छ । समारोह समिति संयोजकमा आकाशकुमार गोले, कोषाध्यक्षमा बिक्रम योञ्जन, सचिवमा राजकुमार गोले, सहसचिवमा नारायण स्याङतान लगायत ४१ सदस्यी समिति गठन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*