हेटौंडामा २७ र २८ गते बाल कला साहित्य महोत्सव आयोजना हुने

बकैया दर्पण संवाददाता
२१ माघ २०७९, शनिबार १०:३२

मकवानपुर । नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेशनको आयोजनामा बाल कला साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।
यस सम्बन्धमा आज शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार, सो सम्मेलनमा हेटौंडा उपमहानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बाल साहित्य समाजलगायतका संघसस्थाको सहकार्यमा महोत्सव आयोजना हुनेछ ।

सिर्जनात्मक पठन सस्कृतिको विकास गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सीएम रिमालले जानकारी दिए । उनका अनुसार, महोत्सवमा ६ हजारभन्दाबढी व्यक्तिहरु सहभागी रहने छन् ।
संयोजक रिमालले बताए अनुसार, महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, पाकिस्तानी लेखक, कलाकार तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक तथा वृत्तचित्र निर्देशक समिना मिश्र, नाटककार अशेष मल्ललगायतका व्यक्तित्वहरु उपस्थित हुनेछन् ।

समसामयिक विषयमा संघसस्था, साहित्यकार, पत्रकार, विद्यार्थी र शिक्षक सम्मिलित प्यानल डिस्कसन गर्ने, पञ्चे बाजा, माझी बाजा, धिमे, खैजडीजस्ता परम्परागत बाजागाजा र नृत्यहरु समेत गर्ने कार्यक्रम रहेको छ ।
बाल बालिकाहरुलाई कला साहित्य तर्फ आकर्षित गर्न र उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । महोत्सवमा खानाका स्टलहरु राखिने छन् भने पुस्तक पर्दशनी, चित्र प्रर्दशनी, आत्मकथा वाचन लगाएका कार्यक्रम तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*