हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज प्रताप दास र निशान भट्टराई आउने

बकैया दर्पण संवाददाता
२१ माघ २०७९, शनिबार १०:१६

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा गायक निशान भट्टराई र प्रताप दास को साथै बाल गायक जेनिश उप्रेतीको पनि प्रस्तुती रहने जनाइएको छ । यसअघि शुक्रबार कर्मा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । व्याण्डले हुक्का मेरो…, कोहौ तिमी…, कहाँ होला घरबार…, मार्यौ ज्यूदैं मार्यौ…, यानीमाया यानीमाया…, कारबाही छाता ओढेर…, मनको घण्टी लगायत थुप्रै गीतहरु प्रस्तुत गरेका थिए । व्याण्डको प्रस्तुतीमा हेटौंडेली दर्शकहरु गीतसँगै रमाउँदै गाउँदै गरेका थिए ।

त्यस्तै, शुक्रबार महोत्सवमा गायक मानसराज र गायिका ऋतु कंडेलले पनि बिजोड प्रस्तुती दिएका थिए । यस्तै, भोली आइतबार भने शान्तिश्री परियार, सुजील कर्माचार्य लगायतको प्रस्तुती रहने जनाइएको छ । माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*