बकैयामा चित्रकला कार्यशाला

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १६:२८

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको २८६ औं साहित्य शृङ्खलाको अवसरमा बकैया ७ भीरकोटस्थित जनक माविमा बकैया गाउँपालिका स्तरीय एकदिने चित्रकला कार्यशाला आयोजना भएको छ । झरना साहित्यिक परिवारको नियमित मासिक कार्यक्रमअन्तर्गत माघ महिनामा यस कार्यक्रमको आयोजना गरिएको हो । बकैयाका सबै भेगका स्कुल तहका बालबालिकाहरूलाई चित्रकलाका माध्यमबाट सिर्जनशील बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको झरना साहित्यिक परिवारले जनाएको छ ।

कार्यक्रममा बकैया गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय तथा आधारभूत विद्यालयका गरी दुई सयभन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशालामा हेटौंडा निवासी फाइन आर्टका विज्ञ सूर्य सन्यासीले चित्रकलाका आधारभूत सीपहरूका बारेमा विद्यार्थीहरुलाई अभ्यास गराउनु भएको थियो ।

जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा महेन्द्र मावि छतिवन, बुद्ध मावि हात्तीसुँडे, कर्मप्राप्ति मावि कर्मचुली, जनजागृति मावि विरेफाँट, जनक मावि भीरकोट र बाघभैरव आवि थलीका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा भरत सापकोटा, धर्म दाहाल, गायत्री रूपाखेती, मसान उपासक, कृष्ण घतानी, रविना दर्लामी लगायतले विविध किसिमले सहजीकरण गर्नुभएको थियो । कार्यशालाको अध्यक्षता झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*