आज हेटौंडा मेलामा चर्चित गायक युवराज चौलागाई, विश्व नेपाली र गायिका शीलु भट्टराई आउने

बकैया दर्पण संवाददाता
१८ माघ २०७९, बुधबार १०:१०

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायक युवराज चौलागाई, विश्व नेपाली र गायिका शीलु भट्टराई आउने भएका छन् ।मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज चौलागाईं, नेपाली र भट्टराईले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् ।

यसअघि मंगलबार गायक गायक प्रकाश सपुत, चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामालगायत स्थानीय कलाकरले बजोड प्रस्तुती दिएका थिए । माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*