हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज टंग बुढाथोकी र अशोक दर्जी आउने

बकैया दर्पण संवाददाता
१६ माघ २०७९, सोमबार ०९:२७

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज सोमबार गायक टंक बुढाथोकी, अशोक दर्जी, गायिका मञ्जु पौडेल, बेली डान्सर अस्मिता पुरी आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज टंक बुढाथोकी, अशोक दर्जी, मञ्जु पौडेल, अस्मिता पुरीले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् ।

यसअघि आइतबार गायक रमेशराज भट्टराई, गायिका सहिमा श्रेष्ठ, सीता न्यौपाने (कमेडियन) ले बजोड प्रस्तुती दिएका थिए । मंगलबार भने गायक खेम सेन्चुरी, गायिका अस्मिता अधिकारी र कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ । साथै स्थानीय कलाकारहरुको समेत आफ्नो कला प्रस्तुती रहने जनाइएको छ ।

माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*