३ दिनमै ३ सय करोड नाघ्यो फिल्म ‘पठान’ को कमाई

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १४:५५

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले ३ दिनमा नै ३ सय करोड भन्दा बढी भारतीय रुपैयाँ कमाई गरेको छ ।

अभिनेता शाहरुख, दीपिका पादुकोण र जोन अब्राहम अभिनित साेही फिल्म बुधबारबाट प्रदर्शनमा आएको थियो । साेही फिल्मले एकै दिनमा १ सय करोड रूपैयाँ कमाउने हिन्दी फिल्म बनेर रेकर्ड कायम गरेकाे छ ।

अभिनेता शाहरुख ४ वर्षपछि फिल्ममा फर्किनु फ्यानका लागि कुनै उत्सव भन्दा कम भएकाे छैन । जसको प्रष्ट प्रभाव ‘पठान’ को बक्स अफिस कलेक्शनमा देखिएको छ । फिल्मले अहिले भारत र विश्वभर बक्स अफिसमा धमाका मचाइरहेकाे छ । यस फिल्मले बक्स अफिसमा दिनहुँ १ सय करोड भारतीय रुपैयाँ पार गर्दै नयाँ कीर्तिमान कायम गरिरहेकाे छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ‘पठान’ ले भारतमा ३ दिनमा १ सय ५० करोड भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ । यस फिल्मले ३ दिनमा विश्वभर ३ सय करोड भारतीय रुपैयाँको आँकडा पार गरेको छ ।

सिद्धार्थ आनन्दद्वारा निर्देशित साेही फिल्म पूर्णतः एक्सनप्रधान कथावस्तुमा आधारित रहेकाे छ । जसमा अभिनेता सलमान खानको पनि विशेष भूमिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*