बागमति प्रदेशमा मन्त्रीपरिषद् बिस्तार हुदै : सपथग्रहण दिउसो २ बजे प्रदेशसभा भवनमा

मकवानपुरबाट कुमारी मोक्तान र एकालाल श्रेष्ठ मन्त्री बन्दै
बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार ११:५१

मकवानपुर । नेकपा एमालेबाट मकवानपुर १ को (२) का सांसद एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ । एमालेबाट तीन जना मन्त्री बन्ने तयारी भइरहँदा श्रेष्ठ मन्त्री बन्ने हुनुभएको हो ।
प्रदेशमा हिजो ११ वटा मन्त्रालय कायम गरेपनि श्रम, रोजगार तथा यातायात मन्त्री बन्न लाग्नु भएका श्रेष्ठको सपथ ग्रहण दिउसो २ बजे प्रदेशसभा भवनमा हुने भएको छ । नेकपा एमाले मकवानपुरको अध्यक्ष समेत रहनु भएका श्रेष्ठ प्रदेशको मन्त्री बन्ने निश्चित भएको श्रोतले जनाएको छ ।

एमालेले यसअघि आर्थिक मामिला तथा योजना मन्त्रालय लिइसकेको छ । आर्थिक मामिला मन्त्रीमा जगन्नाथ थपलिया हुनुहुन्छ । त्यसैगरी ललितपुरका एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका काठमाडौंका सांसद केशब पोख्रेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले सांसद युवराज दुलालले भौतिक मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । माओबादीकी सांसद कुमारी मोक्तानलाई फेरी पनि सामाजिक विकास मन्त्री बनाउने भएको छ । यसैगरी माओबादी केन्द्रले आन्तरिक मामिला मन्त्री पाउने भएको छ ।

आन्तरिक मामिला मन्त्रीमा माओबादीका गंगानारायण श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरिएको छ । राप्रपाका उद्धब थापा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री हुनुहुने भएको श्रोतले जनाएको छ । त्यसैगरी राजु विष्ट पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा डम्बर तामाङ वातावरण मन्त्रालय राप्रपाले पाउने भएको छ ।

बागमती प्रदेशका ११ जना मन्त्रीहरु

१, शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय
२, जगन्नाथ थपलिया, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३, उद्धव थापा, मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४, गंगा नारायण श्रेष्ठ, मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
५, कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय
६, युवराज दुलाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७, केशव प्रसाद पोखरेल, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८, रामेश्वर श्रेष्ठ,मन्त्री, स्वास्थ्य मन्त्रालय
९, एका लाल श्रेष्ठ, मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०, डम्बर तामाङ, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११, राजु विष्ट, मन्त्री, वन तथा वातावरण मन्त्रालय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*