पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुट्नीज युथ अमेरिकी टोली च्याम्पियनलाई

बकैया दर्पण संवाददाता
४ माघ २०७९, बुधबार ११:२७

मकवानपुर । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुट्नीज युथ अमेरिकाले हात पारेको छ । मंगलबार बागमती गाउँपालिकास्थित जनता माविको खेलमैदानमा भएको खेलमा सडनडेथमा संकटा क्लबलाई पराजित गर्दै भुट्नीज युथ अमेरिकाले उपाधि हात पारेको हो ।

खेलमा संकटालाई सडनडेथमा ८–७ गोल गोल अन्तरले पराजित गर्दै भुट्नीज युथ च्यापियन बनेको हो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समय नखेलाई खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । निर्धारित समयको पहिलो हाफमै दुबै टिमको तर्फबाट ४–४ गोल भएको थियो ।

निकैप्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको पहिलो मिनेटमै भुट्नीजले अग्रता बनाएको थियो । भुट्नीजका लागि प्रबिन बस्नेतले गोल गरेका थिए ।

त्यस्तै, खेलको छैठौँ मिनेटमा प्रबिन बस्नेतले ब्यक्तिगत दोस्रो गोल गर्दै टोली २–० को अग्रता दिलाए । तर, त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो ।

सुनिल बलले खेलको ९ र २२ औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काए । सुनिलले पहिलो गोल हेडमार्फत गर्दा दोस्रो गोल पेनाल्टीमार्फत गरे ।

दोस्रो हाफको खेलमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनुपर्यो । पेनाल्टी सुटआउटमा भुट्नीजलाई उपाधि दिलाउन मिगुएल पालाफक्स, धिरज धजाली, अम्मृलिन नेएने,रिल्ये यूरे, हेक्टर ओर्टेगा, प्रविन बस्नेत, उल्स, पुजन थापा मगर गोल गरे ।

त्यस्तै, संकटाका सुनिल बल, सरोज दाहाल, मनिष डाँगी, मेसुके, आयूष घलान, स्टीफन विनोङ्ग र कुलदीप कार्कीले गोल गर्दा सुरज ज्यू ठकुरीका प्रहार भुट्नीजका गोलरक्षक पुजन थापा मगरले बचाउ गर्न सफल भए ।

प्रतियोगिताको विजेता भुट्नीज युथले नगद ८ लाख रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले संकटालले नगद ४ लाख रुपैयाँमा प्राप्त गरे ।

प्रतियोगिताको सर्वोउत्कृट खेलाडी संकटाका सुरज ज्यू ठकुरी घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भुट्नीजका पुजन थापा मगर, संकटाका कुलदीप कार्की उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर संकटाका सुनिल बल, उत्कृष्ट फरवार्ड भुट्नीज युथका प्रबिन बस्नेत, उत्कृष्ट प्रशिक्षक प्रदिप हुँमागाई घोषित भए । उनिहरुले नगद १० हजार प्राप्त गरेका छन् ।

बागमती खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*