बागमती प्रदेशको सभामुखको लागि सत्ता गठवन्धनबाट राप्रपाका पाठकले गरे उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार १४:०९

मकवानपुर । बागमती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री तथा प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन् । पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा पाठकले उम्मेदवरी दर्ता गरेका हुन् । उनलाई एमालेका सांसद जगन्नाथ थपलियाले प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन्। ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले उम्मेदवारी दिएका छन्।

सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । यद्यपि, कांग्रेस र नेमकिपाले पनि सभामुखमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरुको साथ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*