नेमकिपाबाट सभामुखमा सृजना सायजुको उम्मेदवारी

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार १३:३८

मकवानपुर । बागमती प्रदेश सभाको सभामुखको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट प्रदेश सभा सदस्य सृजना सायजुले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले १२ बजेर ५० मिनेटको समयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नेपालको संविधानको धारा १८२ एवम् प्रदेश सभा नियमावली(पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बेमाजिम बागमती प्रदेश सभाको सभामुख पदमा आज बिहीबार उम्मेदवारी दर्ता गरिएको हो । सभामुखको उम्मेदवारीको लागि नेमकिपाका सुरेन्द्र राज गोसाई प्रस्तावक र प्रदेश सभा सदस्य गीता काफ्ले समर्थकमा रहनु भएको छ ।

सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको प्रदेश सभा सदस्य सृजना सायजु समानुपातिकबाट बागमती प्रदेशमा निर्वाचित हुनु भएको हो । बागमती प्रदेशमा निमकिपाका ३ जना सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*