डेब्युमै गुजरातलाई आईपीएलको उपाधि

मकवानपुर । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो । गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो । गुजरातले यसै...

रियाललाई १४ औं पटक युरोपीयन लिगकाे उपाधि

एजेन्सी । रियाल मड्रिडले कीर्तिमानी १४ औं पटक युरोपीयन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राती फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा इंग्लीश फुटबल क्लब लिरभपुललाई १–० ले हराउँदै रियालले उपाधि जितेको हो । खेलको ५९ औं मिनेटमा...

एन्फा निर्वाचनमा २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी

मकवानपुर । नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदैछ । जेठ ६ गते देखि १२ गते सम्मलाई समय तोक्दै निर्वाचनमा भाग लिन मनोनय दर्ता समय तोकेको छ ।...

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

मकवानपुर । फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ । कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार नेपाल टी–ट्वान्टी लिगमा...

आईपीएलको इलिमिनेटरमा लखनउ र बैंग्लोर भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार (आज) इलिमिनटेरको खेल हुँदैछ । नेपाली समयअनुसार साँझ पौने ८ बजे हुने खेलमा लखनउ सुपरजाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । आजको खेलको विजेताले शनिबार हुने फाइनलमा गुजरात टाइटान्ससँग उपाधिका लागि...

राष्ट्रिय फुटबल टोली कतार जाँदै

मकवानपुर । एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गर्दैछन् । कुवेतमा आयोजना हुने छनोट अघि तयारीका लागि नेपाली टोली कतार जान लागेका हुन् । नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले नेपाली टोली साँझ ६...

इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

एजेन्सी । यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा आइतबार राती एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले पाँच वर्षमा चौथो उपाधि जितेको हो। खेलको ७६ मिनेटसम्म २–० ले पछि परेको म्यानचेस्टर सिटीका...

उपकप्तान नियुक्तिमार्फत क्यानका दुई सन्देश

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेललाई नियुक्त गर्यो । बायाँ हाते युवा ब्याट्सम्यान पौडेललाई उपकप्तान नियुक्त गर्ने क्यानको निर्णयलाई धेरैलाई आश्चार्यमा पारेको छ । राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा यसअघि दिपेन्द्रसिंह ऐरी थिए...

बैंगलोर र गुजरात भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ। बैंगलोर आज जित निकाल्दै प्ले अफ पुग्ने...

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनौटको खेल पुनः खेलाउन फिफाको निर्देशन

एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाले निर्देशन दिएको छ । फिफाले छानबिनपछि गत फेब्रुअरीमै यी दुई टोलीबीचको खेल पुनः खेलाउन निर्देशन दिएको थियो । तर, ब्राजिल र अर्जेन्टिनाका...