हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

मकवानपुर । कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । मुख्यमन्त्रीको शपथ...

कोशीका सांसद हांगामको घरमा हंगामा ! इन्स्पेक्टरले पेस्तोल ‘कक’ गरेर मार्ने धम्की दिएको दाबी

मकवानपुर । जात्रामा भएको विवादपछि कोशी प्रदेशका सांसद खगेनसिंह हांगामको घरमा पुगेर प्रहरी टोलीले हुलहुज्जत गरेको छ । हांगामले ताप्लेजुङ घर गएका बेला राती १० बजे प्रहरी टोलीले पेस्तोल तेर्स्याएर ‘कक’ गरेको दाबी गरेका छन् । उनी ताप्लेजुङ १...

चेपाङ समुदायले छोनाम पर्व मनाउँदै

मकवानपुर । आज चेपाङ समुदायले छोनाम अर्थात् न्वागी पर्व मनाउँदै छन् । छोनाम पर्व चेपाङ समुदायको प्रमुख धार्मिक पर्व हो । छोनाम पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरि नयाँ फलफूल...

मकवानपुरमा ४०० को हारहारीमा पुग्यो डेंगू संक्रमितको संख्या

मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बागमती गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका...

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

मकवानपुर । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाउनु भएको निर्वाचन समितिका...

भदौ २२ गते सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा...

कांग्रेस बागमतीका सचेतक काफ्लेले दिए पदबाट राजीनामा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले संसदीय दलका नेता बहदुर सिं लामालाई राजीनामा पत्र बुझाएका हुन् । राजिनामा पछि सामाजिक संजालमार्फत जानकारी...

ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर...

एमसीसी कार्यान्वयनसँगै हेटौंडामा जग्गा अधिग्रहण अघि बढ्यो, चार पालिकामा प्रक्रिया शुरु 

मकवानपुर । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन सुरु भइसकेको छ। बुधवार अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ‘इन्ट्री इन्टु फोर्स’ (ईआइएफ) आदानप्रदान गरेपछि परियोजनाको कार्यान्वयन सुरु भएको हो। सम्झौताअनुसार अबको ५ वर्षमा (२०८४...

कोशी प्रदेशमा ‘बजेट ‘होलिडे’, अदालत जाने तयारीमा सरकार

मकवानपुर । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ। प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो। प्रदेशसभाबाट समयमै चालू आर्थिक वर्षको बजेट पारित नभएपछि गएराति १२ बजेदेखि कोशी प्रदेश सरकार मातहतका कार्यालयबाट...