अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै स्थानीय तहका कर्मचारी

बकैया दर्पण संवाददाता
१९ आश्विन २०८०, शुक्रबार ११:०५

मकवानपुर । स्थानीय तहका कर्मचारीहरूले आजदेखि आन्दोलनलाई सशक्त बनाएका छन् ।

उनीहरुले ७ सय ५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गरेका हुन् । ६ दिनदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

संसदमा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्टी जनाउँदै स्थानीय तहका कर्मचारीहरूले संघर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् । आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्दै,अनिश्चितकालका लागि पेन डाउन गर्ने निर्णय भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*