मकवानपुरमा ट्याङकर दुर्घटना, एक जनाको मृत्यु

बकैया दर्पण संवाददाता
१७ आश्विन २०८०, बुधबार १४:२९

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ तिनतले स्थित धरानचतरा सडकखण्डमा दूध बोक्ने ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेटौडा बाट छतिवन तर्फ जादै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रि भई रोडबाट एक सय मिटर तल खोल्सामा खसी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा ट्यांकर चालक जिल्ला हेटौंडा–९ बस्ने ३४ वर्षिय सिद्धान्त लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भइ उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी सहचालक जिल्ला धादिङ गजुरी गाउँपालिका बस्ने ४५ वर्षका प्रेम अधिकारी घाइते हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*